२१ जनाको सम्झनामा धनकुटामा गाईजात्रा निकालियो

धनकुटा खबर, साउन २४ । मृतक आफन्तजनको सम्झानामा आज धनकुटामा नेवारी समुदायले गाईजात्रा मनाएको छ ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘जात्रा’ मनाउने क्रममा आज गाईजात्रा मनाईएको हो ।

एक वर्ष्भित्र मृत्युभएका आफन्तको सम्झनामा गाई र मानिसलाई गाईका रूपमा सिँगारेर बजार परिक्रमा गराईएको छ ।

यो बर्ष मृत्युभएका २१ जनाको सम्झनामा गाईजात्रा निकालिएको नेवापुचः धनकुटाले जानकारी दिएको छ ।

यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यत्तिहरुm गाइको पुच्छर समाएर बैतरणी पार हुन्छन भन्ने धार्मिक विस्वास छ ।

आज कै दिन काठमाडौं उपत्यकालगायत धनकुटा , भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा ,पोखरा बनेपा, धुलिखेल,रीकोट, दिक्तेल, लगायत स्थानमा मनाइने गरिएको छ ।

तात्कालिन राजा प्रताप मल्लले सन्तान शोकमा रहेकी आफ्नी रानीलाई अरुको पनि आफन्त मरेका छन् भनेर सान्तत्वना दिन यो जात्रा देखाउने परम्परा चलिआएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।