यसरी मनाईयो धनकुटामा रोपाईजात्रा (फोटो फिचरसहित)
धनकुटा खबर, साउन २५ । धनकुटामा रोपाई जात्रा मनाईएको छ । हरेक बर्ष गाईजात्राको भोली पल्ट मनाईने यो पर्व यस बर्ष पनि नेवारी समुदायले भब्य रुपमा मनाएको छ ।

जात्राको अबसरमा धनकुटा बजार क्षेत्रमा महिलाले पुरुषको र पुरुषले महिलाको भेषभुषा लगाएर धान रोपेको अभिनय गरेर जात्र मनाएका छन् ।

उक्त अबसरमा जात्रामा सहभागि मानिसहरुले बिभिन्न हास्य कला देखाएर मनोरन्जन दिने गरेका छन् ।
नेवारी समुदायमा ८ दिन सम्म चल्ने उक्त जात्रा कार्यक्रम कृष्ण जन्माष्टमी संगै सकिने गरेको छ ।



