एमाले भित्रका दुई समूहबीच बैठकमै कुटाकुट

जनकपुर, साउन २८ । टिकट वितरणको विषयलाई लिएर नेकपा एमाले धनुषाको बैठकमै कुटाकुट भएको छ ।

जनकपुर उपमहानगरपालिकाको प्रमुख पदका लागि टिकटको टुंगो लगाउन बसेको बैठकमा एमालेभित्रका दुई समूहबीच कुटाकुट नै भएको भएको पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

उक्त पत्रकार सम्मेलनमा नेकपा एमाले लेखा समिति धनुषाका अध्यक्ष सहदेव मुखियाले एमालेका केन्द्रीय सदस्य तथा धनुषा इन्चार्ज श्रीप्रसाद साहले बाहिरका मान्छे लगाएर आफूहरुलाई कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

उनले नेकपा एमाले धनुषाको इन्चार्ज श्रीप्रसाद साहले गुट–उपगुट चलाएको तथा आफ्नै श्रीमती पिंकी साहलाई जनकपुर उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

२५ साउन बिहीबार राती जनकपुरस्थित सीता प्यालेस आयोजना गरिएको उम्मेदवार छनोट बैठकको क्रममा दुई पक्षबीच कुटाकुट भएको थियो, ततपश्चात बैठक स्थगित भएको थियो ।

पार्टीको हितविपरीत हेकमवादी प्रवृत्तिले काम गर्न खोजी रहेका भन्दै रघुवीर महासेठ पक्षधरहरुले साहको राजीनामाको माग गरेका छन् । लामो समयदेखि पार्टीमा लगानी भएका व्यक्तिहरुलाई पाखा लगाएर आर्थिक प्रलोभनमा परी दीपु यादवलाई टिकट दिन लागेको भन्दै बिहीबार बसेको नगर कमिटीको बैठकमा विवाद भएको थियो ।

जनकपुर उपमहानगरपालिकाको प्रमुख पदको लागि पाँचजना आकांक्षी उम्मेदवार देखिएका छन् । जिल्ला समिति सदस्यहरु लक्ष्मी नारायण भगत, श्याम पूर्वे, अमरनाथ गुप्ता, दीपु यादव र शुद्धोधन यादव लगायतका छन्। साभार:- उज्यालो नेपाल बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।