भारतलाई काउन्टर दिँदै देउवाले चीनसँग गरे तीन महत्वपूर्ण सम्झौता, देउवासँग चीन खुसी !

काठमाडौं । कांग्रेस माओवादी गठबन्धन सरकारले उत्तरी छिमेकी चीनसँग तीन महत्वपूर्ण सम्झौता गरेको छ ।

सोमबार साँझ नेपाल भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङको उपस्थितीमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले तीन मुख्य विषयमा सम्झौता गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान सहयोग सम्झौता हुँदैछ । आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि सम्झौता हुने छ ।

पेट्रोलियम पदार्थ, ग्यास र खानी अन्वेषणका लागि चीनले सर्वेक्षण गर्नेसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर हुँदैछ । यसका साथै नेपालमा चिनियाँ लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा समेत नेपाल र चीनले हस्ताक्षर गर्नेछन् ।

सम्झौता पत्रमा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र चीनका उपप्रधानमन्त्रीले आजै हस्ताक्षर गर्ने कार्यक्रम छ ।

भारतसँग लम्पसार पर्दै आएको आरोप तथा भारत नजिक भनेर चिनिदै आएका प्रधानमन्त्री देउवाले चीनसँग सम्झौता गरेर त्यो भ्रमलाई चिर्न सफल भएका छन् । उनले भारत भ्रमणको पूर्वसन्ध्यामा चीनसँग महत्वपूर्ण सम्झौता गरेर दिल्लीलाई काउन्टर दिएका हुन् ।

यता पछिल्लो समय चीन सरकार देउवासँग खुसी र सन्तुष्ट छ । दोक्लाममा भारत र चीनबीच बढ्दो तनावमा देउवाले सत्ता सम्हालिरहेका बेला नेपाल तटस्थ बसेको भन्दै चीन देउवाप्रति सकारात्मक देखिएको हो । र, तटस्थता कायमै रहोस् भन्ने चाहना पनि चीनले देउवासमक्षा राखेको छ । यसै प्रयोजनका लागि चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमणमा आएको कुटनीतिज्ञहरुको बुझाई छ । – नेपालपानाबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।