४ दिनपछि पेट भरियो टीकापुरका बाढी पीडितको !
टीकापुर, साऊन ३२ । बाढीले प्रभावित भई सडकमा रात विताएका पीडितलाई विभिन्न संघ संस्थाहरुले आ–आफ्नो तरिकाले सहयोग गरिरहेका छन् ।
सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीद्धारा संचालित सिद्धाथ होटेल टीकापुर र सिद्धार्थ गु्रप अन्र्तगतको सामाजिक संस्था साकारले टीकापुर नगरपालिका ७ बैदी चोक क्षेत्रका करिब ७ सय जना बाढी प्रभाबितहरुलाई बुधबार खाना खुवाएका छन् ।

बाढी र डुबानका कारण घरमा भएको खाद्यान्न लगायत घरायसी प्रयोजनका सामाग्रीहरु क्षति भएका कारण कष्टपुर्ण अवस्थामा बस्न बाध्य परिवारलाई उनीहरुको टोल बस्तीमै गएर भोजन गराइएको हो ।
तीन दिनदेखि चिउरा, चाउचाउ, बिस्कुट जस्ता ड्राई फुड खान बाध्य भएका बाढी प्रभाबितहरुले चार दिनपछि ताजा र स्बच्छ खाना पेटभर खान पाएको पीडितले बताए । नेपाल रेडक्रस सोसाइटी, टीकापुर जेसिस र उद्योग बाणिज्य संघ ,टीकापुर नगरपालिकासंग समन्बय गरेर बाढी र डुबानका कारण समस्यामा परेका परिबारलाई खाना खुवाइएको हो ।
सिद्धार्थ होटेलले बिहान र साझ गरेर करिब १५ सय जनालाई खाना खुवाउने जानकारी शिद्धार्थ होटेल टिकापुरका प्रबन्धक छत्र बोगटीले दिए । सिद्धार्थ ग्ु्रप र साकारले बाकेका बाढी प्रभाबित परिबारलाई पनि खाना खुबाउने तयारी गरिरहेको छ ।
टीकापुरमा सानो खाजा पसलबाट ब्यबसाय सुरु गरेको सिद्धार्थ गु्रपका टीकापुर, कर्णाली चिसापानी , नेपालगन्ज, सुर्खेत, बुटवल, कुरिनटार र काठमाडौ रेष्टुरेन्ट, होटेल , रिसोर्ट गरी १६ वटा शाखाहरु रहेका छन् । – रातोपाटीबाट


