को हुन् सुरज थापा, कसरि बाहिरिए नेपाल आइडलबाट ? (भिडियो सहित)

चर्चित रियालीटी सो नेपाल आइडलबाट सुरज थापा बाहिरिएका छन् । टप ६ का प्रतियोगीबीचको प्रतिस्पर्धाबाट उद्घोषकले सुरज बाहिरिएको घोषणा गर्नासाथ जजहरु इन्दिरा जोशी र कालिप्रसाद बास्कोटाका साथै अन्य प्रतियोगी तथा उपस्थितहरु निकै भावुक बनेका थिए । इन्दिरा जोशीको सुरज बाहिरिएसँगै उनीमाथि टिप्पणी गर्ने क्रममा गला नै अबरुद्ध बनेको थियो ।

सुरजले भने आमाबाबुको सपनालाई लत्याएर आफू यो क्षेत्रमा आएको भएपनि अहिले खुसी बनाउन सकेकोमा सन्तोष व्यक्त गरे । उनले भने, ‘आमाबाबुको सपनालाई लत्याएर म यो क्षेत्रमा लाग्दा उहाँहरु दुःखी हुनुभएको थियो । तर नेपाल आइडलको ४ महिनाको बीचमा उहाँहरु निकै खुसी हुनुभएको छ ।’ उनले आफू अन्तिम ६ को प्रतिस्पर्धाबाट बाहिरिन पुगेपनि जितेर गएको जस्तो अनुभूति भएको पनि प्रतिक्रिया दिए ।

आजको प्रतिस्पर्धामा उनीसँगै बटम थ्रीमासुजाता पाण्डे र निशान भट्टराई परेका थिए । उनले भन्दा बढी भोट ल्याएको आधारमा निशान र सुजाता भने अन्तिम ५ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् । अब अन्तिम ५ मा निशान र सुजातासँगै, बुद्ध लामा, सागर आले र प्रताप दासबीच प्रतिस्पर्धा हुने छ ।

https://youtu.be/jtdgNvtZ1BE



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।