सर्बोच्चले कमल थापालाई दियो झट्का, पशुपति शमशेरको पक्षमा सर्वोच्चको आदेश !
सर्वोच्च अदालतले राप्रपा प्रजातान्त्रिक पार्टी गठनको तयारीमा रहेका पशुपति शमशेर राणाको पक्षमा आदेश दिएको छ ।

यससँगै राप्रपा प्रजातान्त्रिकले दलको मान्यता पाउने सम्भावना बढेको छ ।
सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले यसअघिकै हस्ताक्षरलाई सनाखत मान्दै दल दर्ता प्रक्रिया अघि
बढाउन अन्तरिम आदेश दिएको छ ।
यसअघि निर्वाचन आयोगले हस्ताक्षरलाई सनाखत गर्न राणा पक्षलाई बोलाएको थियो । यसबाट निर्वाचन आयोगले आˆनो
दललाई मान्यता नदिनेजस्तो संकेत देखेपछि राणा यसअघिकै हस्ताक्षरलाई मान्यता दिन माग गर्दै सर्वोच्च गएका थिए ।
राप्रपा अध्यक्ष कमल थापा पक्षले राणा पक्षले नक्कली हस्ताक्षर गरेर दल दर्ताको निवेदन दिएको आरोप लगाउँदै आएको छ । अनलाइनखबर


