मेयरपदको टिकटका लागि राजपाभित्र कुटाकुट !

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा बीरगन्ज महानगरपालिकाको मेयर पदमा टिकट लिन राजपा नेपालभित्र कुटाकुट भएको छ । राजपाले निर्वाचनमा भाग लिने निर्णय गरेलगतै टिकटको कोचिलो सुरु भएको छ । शुक्रवार बीरगन्ज महानगरपालिकाको मेयर पद टुंग्याउन केन्द्रीय पर्यबेक्षक टोली पुगेको थियो । बैठक सुरु नहुँदै उम्मेद्धार पदका आँकक्षीबीच झडप भएको छ ।

वीरगन्जको कुमु प्यालेश होटलमा राजपाको बैठक बस्ने तयारी भइरहेका बेला मेयर पदका आकांक्षी विमल श्रीवास्तव र राजेशमान सिंहका समर्थकबीच कुटाकुट भएको हो । झडपपछि बैठक नै स्थिगित भएको छ । मेयरका आकांक्षी श्रीवास्तव र सिंहका समर्थक कार्यकर्ता बैठक सुरु नहुँदै झण्डा र ब्यनार बोकेर दलबलसहित बैठक स्थल पुगेका थिए ।

वीरगञ्ज माहानगरपालिका, पोखरीयासहितका तीन नगरपालिका र ११ गाउँपालिकाको उम्मेदवारीका लागि आकांक्षीको पहिचान गर्न बैठक बोलाइएको थियो। राजपाले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गर्नु भन्दा पहिलेदेखि नै वीरगन्ज महानगरको मेयरका आकांक्षी श्रीवास्तव र सिंहबीच टिकटको बिषयलाई लिएर झडप भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।