राजधानीमा गुन्डाहरुविरुद्ध अप्रेसन सुरु, अर्का गुन्डा पनि पक्राउ
काठमाडौं, ११ भदौ । काठमाडौं प्रहरीले राजधानीमा गुन्डाहरुविरुद्ध अप्रेसन सुरु गरेको छ ।

शुक्रबार चक्रे मिलनलाई पक्राउ गरेकोमा शनिबार अर्का गुन्डा पनि पक्राउ परेका छन् । शनिबार प्रहरीले दिपक पण्डितलाई पक्राउ गरेको हो ।
उनले बालाजु र तारकेश्वर नगरपालिकाका बिभिन्न स्थानमा बिगत केही समय देखि होटल व्यवसायीहरुलाई धाक धम्की दिई हप्ता असुल्दै आएका थिए ।
नुवाकोट पञ्चकन्या गाउँपालिका–४ घर भई तारकेश्वर नगरपालिका–१० मनमैंजु बस्ने ४१ बर्षीय पण्डितलाई उजुरीका आधारमा पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । – दृष्टीन्यूज ।


