देउवा प्रति आफ्नै दलबाट पनि कडा विरोध, कांग्रेसकै वरिष्ठ नेता पौडेलले भने,- प्रधानमन्त्रीले देशकै बदनाम गरे
काठमाडौं । पाँच दिने भ्रमण सकेर स्वदेश फर्कन नपाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी आलोचनाका पात्र बनेका छन् ।

प्रमुख प्रतिपक्षी दल लगायत प्रतिपक्षी दलहरुले उनको अभिव्यक्ति प्रति आलोचना भइरहेकै बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत ‘प्रधानमन्त्रीले देशकै बेइज्जत गरेको’ आरोप लगाएका छन् ।
पार्टीको काम विशेष गृहजिल्ला तनहुँ पगेका काँग्रेस नेता पौडेलले रिपोटर्स क्लबले राखेको पत्रकार भेटघाटमा बोल्दै नेपालको सावैभौम संसदीय अधिकार क्षेत्रको कुरा गरेर प्रधानमन्त्री देउवाले राख्नै नहुने कुरा बेकारमा राखेको आरोप लगाएका हुन् ।
उनले भने, ‘सार्वभौम संसद्को कार्यक्षेत्रको विषय मित्रराष्ट्र भ्रमणका सन्दर्भमा गर्न आवश्यकतै थिएन । किन बोल्नु भयो प्रधानमन्त्रीजीले बुझ्न सकिएको छैन ।’ बोल्नु पर्ने कुरा उचित ठाउँ नभएको उनको टिप्पणी छ ।
उनले थपे, ‘तैपनि प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको मान्नुपर्छ ।’
कार्यक्रममा नेता पौडेलले एमालेले राष्ट्रवादको नाउँमा बढी नै रोमाञ्चककारी बनाएको समेत आरोप लगाएका छन् । उनले संविधानमा विमती राखेका शक्तिहरु निर्वाचनमा आउने वातावरण बन्दै गएको भन्दै खुसी व्यक्त गरेका छन् । – निर्माण सञ्चारबाट साभार


