अर्कैसंग पल्केको भन्दै पूर्वमन्त्री पासवानले विमानस्थलमै कान्छी श्रीमती कुटे

मन्त्री हुँदा भित्र्याइएकी आफ्नी कान्छी श्रीमती अर्कैसंग पल्केको थाहा पाएपछि पूर्वमन्त्री विश्वेन्द्र पासवानले विमानस्थलमै श्रीमतीलाई आक्रमण गरेका छन्। केपी ओली नेतृत्वको सरकारमा जनसंख्या तथा वातावरण मन्त्री हुँदा आफ्नै पार्टीकी कार्यकर्तालाई कान्छी बनाएर भित्र्याएका थिए ।

आफ्नो छोरीसमानको उमेरकी केटीलाई कान्छी श्रीमतीको रुपमा भित्र्याएका पासवानले अहिले अर्कै केटासंग भाग्न लागेको थाहा पाएर बिमानस्थलभित्रै मुक्का प्रहार गरेका हुन् । छोरी समानकी कार्यकर्तालाई कान्छी बनाएर गौशालाबाट नख्खु बस्दै आएका विश्वेन्द्रले विमानस्थलको आन्तरिक उडान कक्षबाहिर कान्छी पत्नीलाई आक्रमण गरेको स्रोतले बतायो ।

कान्छी ल्याएकै झोकमा जेठीपट्टिको छोराबाट लात्ता प्रहार सहेका पासवान गम्भीर घाइते भइ प्यान्क्रियाजमा समस्या देखिँदा राज्यकोषबाट नै उपचार खर्च पाएका थिए। छोरी समानकी कार्यकर्तालाई कान्छी बनाएर गौशालाबाट नख्खु बस्दै आएका विश्वेन्द्रले विमानस्थलको आन्तरिक उडान कक्षबाहिर कान्छी पत्नीलाई मुक्का प्रहार गरेका हुन् ।

पारिवारिक स्रोतका अनुसार विश्वेन्द्रका आधा दर्जन सन्तान र दुई नाती नातिना छन् । विश्वेन्द्र ओली सरकारका पालमा ‘साइकल’ मन्त्रीका रुपमा चर्चामा आएका थिए । उनका आधा दर्जन सन्तान र दुई नाती नातिना छन् । विश्वेन्द्र ओली सरकारका पालमा ‘साइकल’ मन्त्रीका रुपमा चर्चामा आएका थिए । – ईमान्दार मिडियाबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।