प्रधानमन्त्री देउवा बाटै निर्वाचन आचारसंहिता उल्लघंन, एमाले फाएर !

काठमाडौ , १५ भदौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आचारसंहिता लागू गरेकै भोलिपल्ट प्रधानमन्त्री शेरवहादुर देउवा आचारसंहिता विपरित महाकाली नदीको पुल शिलान्यास गर्न कन्चनपुर पुगेका छन् ।

आयोगले बुधवार रातिदेखि निर्वाचन आचारसहिता लागू गरेको छ । प्रधानमन्त्री देउवाले महाकाली नदीमा बन्न लागेको ४ लेनको पुल शिलान्यास गरेका छन् । उनी बुधवारै धनगढी पुगेका थिए ।

निर्वाचन आचारसंहिता लागू भएपछि पूर्वनिर्धारित कार्यक्रमहरुमा पनि प्रधानमन्त्री र मन्त्रीले आचारसंहिता विपरित उद्घाटन र शिलान्यास गर्न पाइँदैन । निर्वाचन आचारसंहिताअनुसार नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले कुनै पनि योजनाको शिलान्याश, उद्घाटन गर्ने, सर्वेक्षण तथा अध्ययन गर्ने तथा अनुदान दिने जस्ता कार्यक्रम गर्न गराउन पाइँदैन ।

प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता लागू भएको भोलिपल्टै उल्लंघन गर्नु आपत्तिजनक रहेको प्रमुख विपक्षी नेकपा एमालेले प्रतिक्रिया दिएको छ । निर्वाचन आयोगले लागू गरेको आचारसंहिताको पहिलो उल्लंघननै प्रधानमन्त्रीबाट हुनुले यो सरकारले निष्पक्ष र स्वच्छ निर्वाचन गराउँदैन भन्ने पुष्टि भएको एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले आरोप लगाए ।

उनले भने, ‘एमाले नेता माधवकुमार नेपालले चुनाव प्रचारका बेला टोपी लगाएको देख्ने निर्वाचन आयोग प्रधानमन्त्रीले पुल शिलान्यास गरेको पनि देख्दैन भने निष्पक्ष निर्वाचनमा आशंका हुन्छ ।’- काठमाण्डु टुडेबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।