सीमावर्ती प्रमुख नाका गौरीफण्टामा भारतीयबाट नेपाली निर्घात कुटिए, नाका ठप्प, नेपाली आन्दोलनमा

दीपेन्द्र बस्नेत,पुनर्बास (कञ्चनपुर) । पश्चिम नेपालको कैलाली- कञ्चनपुरको सीमावर्ती प्रमुख नाका गौरीफण्टामा किनमेलका क्रममा भारतीय ब्यापारीबाट कुटिए पछि आज बिहानै देखि नाकामा प्रदर्शन गर्दै नेपालीहरुले आवागमन ठप्प पारेका छन् ।

नेपाल-भारत सीमानाकामा अबस्थित गौरीफण्टा बजारमा किनमेलका लागि गएका धनगढीका जित बहादुर बिकलाई भारतीय ब्यापारीले कुटपिट गरेको घटनाको बिरोध गर्दै नेपालीहरुले सीमानाकाको आवागमन ठप्प पारेको प्रहरीले जनाएको छ । भारतीय बजारमा किनमेलका लागि गएका बिकमाथि सामान्य बिवादमा भारतीय ब्यापारीले निर्घात कुटपिट गरे पछि नेपालीहरुले घटनाको बिरोध गर्दै पश्चिम नेपालको प्रमुख नाका डोकेबजार-गौरीफण्टा नाका अनिश्चितकालका लागि बन्दको घोषणा गर्दै नेपालीहरुले आवागमन ठप्प पारेका छन् ।

सीमावर्ती भारतीय बजार गौरीफण्टामा किनमेलमा गएका जितबहादुर लाई भारतीय ब्यापारीले कुटपिट गरेको बिरोधमा नेपालीद्वारा नाकामा प्रदर्शन र आवागमन ठप्प पारिएको प्रहरी चौकी डोकेबजारका इन्चार्ज मदनसिह धामीले बताए । सीमानाकामा भारतीय पक्षबाट हुँदै आएका दुर्ब्यबहारबाट सताइएका नेपालीहरुले भारतीयहरुको ब्यबहारको चर्को बिरोध गर्दै सीमानाकामा बिरोध प्रदर्शन गरिरहेका छन् ।

गत फागुनमा पुनर्बासको आनन्दबजारमा भारतीय अतिक्रमणको बिरोधमा प्रदर्शनमा उत्रिएका बेला भारतीयप्रहरीले चलाएको गोलीबाट स्थानीय गोबिन्द गौतमको ज्यान गए देखि नेपालको पश्चिमी नाकाहरुमा दिनहुँ भारतीयको दुर्ब्यबहारका घटनामा वृद्धि हुँदै आएको छ ।

बिहीबार बिहानैदेखि देखिएको डोकेबजार-त्रिनगर-गौरीफण्टा नाकाको बिवाद सुल्झाउन नेपाल प्रहरी,सशस्त्र प्रहरी,पत्रकार,भारतीय प्रहरी ,एस एस बि र नेपालभारतका व्यापारी बिच बार्ता चलिरहेको छ । सीमा नाकामा भएको बिवाद सुल्झाएर आवागमन सामान्य बनाउन दुबै देशका सुरक्षा निकाय , सञ्चारकर्मी, ब्यापारी र नागरिक समाजले पहल गरे पनि समाचार तयार पारुजेल कुनै निकास निस्कन सकेको छैन ।

भारतीय पक्षबाट सीमानामा बेला-बेला सताइएको घटनाको बिरोधमा बाध्य भएर नाकामा प्रदर्शन गर्नु परेको स्थानीयहरुले बताएका छन। कहिले सीमा अतिक्रमण त कहिले किनमेलमा जाँदा भारतीय प्रहरी र नागरिकको दुर्व्यवहार सहनु पर्ने बाध्यताको बिरोधमा नाकामा प्रदर्शन गरि दबाब दिन परेको प्रदर्शनमा सहभागीहरुले जनाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖