सागर आले बाहिरिदा किन खुशि भए जज न्युह बज्राचार्य ? कारण यो पो रहेछ…

काठमाण्डौ २४ भाद्र । नेपाल आईडको शुक्रबारको एलिमिनेसनबाट सागर आले आउट हुँदा अन्य जज र दर्शकहरुको तुलनामा जजका रुपमा रहेका न्युह बज्राचार्य भने खुशि देखिए । नेपाल आईडल सागर आले नै बन्छ भन्ने आंकलन गरिरहंदा एकाएक सागरको नाम एलिमिनेसनमा उदघोष हुँदा जति अरु दुखी भएको प्रष्ट देखिएको थियो त्यो भन्दा धेरै गुणा खुशी न्युह बज्राचार्यको मुहारमा झझल्कियो ।

जजका रुपमा रहेका न्युह बज्राचार्यले जब आफ्नो पालोमा केही भन्नु पर्ने भयो त्यतिबेला उनी स्तब्ध भए । भन्न धेरै खोजे जस्तो तर न्युह बज्राचार्यका शब्दहरुले पनि सागरलाई छुन नसकेको जस्तो । उनले धेरै कुरा भन्न चाहेका थिए । तर सकिरहेका थिएनन् । सागर बाहिरीदाको दःख जति अरुलाई थियो त्यो भन्दा कैयौं गुणा न्युह बज्राचार्यलाई भएको उनको बोलिमा प्रष्ट देख्न र सुन्न सन्थ्यिो ।

सागर आले न्युह बज्राचार्यले निकै नै प्रिय कन्टेस्टेन्ट पनि थिए । आफ्नो प्रिय मान्छेले छाडेर जाँदा वा हार्दा जो कसैको पनि मन दुख्नु स्वभाविक पनि हो । न्युह बज्राचार्यलाई पनि त्यस्तै भयो । र पनि उनले आफु खुशी भएको बताए । किनकी आफ्नो प्रिय मान्छे जति टाढा हुन्छ उस्को माया र सम्झना उति नै गाढा हुन्छ भन्ने कुरा बज्राचार्यको भाषा र भनाईमा प्रष्ट झल्कियो ।

सागरको विषयमा जब न्युह बज्राचार्यले भने,“सागर तिमीलाई किन हामीले याहाँसम्मको यात्रा गर्न दियौं ? तिमीलाई शुरुको राउण्डमा नै रोकिदिनु पर्ने । तर पनि केही छैन । तिमी जाहाँ जानेछौ त्याहाँ तिम्रो छवी र संगीत प्रतिको कलाले सबैको मन जित्ने छौ । तिमीलाई जीवनमा कहिल्यै पनि केही कुराको आवश्यकता परेमा नहिच्किचाएर मलाई सम्झनु । म संधै तिमीले आफ्नो साथमा पाउने छौ ।” यी वाक्यहरुमा नै सागर प्रति उनलाई प्रिय मान्ने जज न्युह बज्राचार्यको अदभुद प्रेम झल्कियो ।

यति मात्र हैन न्युह बज्राचार्यले सागरलाई आफ्नै हातबाट ओपो फोन गिफ्ट गरे । जब की अघिल्ला एपिसोडहरुमा आईडलका होस्ट सुशीलले बाहिरीने कन्टेस्टेन्टलाई दिंदै आईरहेका थिए । यहीबाट बुझ्न सकिन्छ सागरप्रति न्युह बज्राचार्यको माया कस्तो र कति रहेछ भन्ने । सागरलाई परेको खण्डमा आफु सधैं साथमा रहने बाचाले सागरको आगामी दिनहरुमा सांगितिक यात्रा सुगम हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । – लाईटनेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।