नायक पल शाहलाई कतै ‘शर्मा लक’ लागेको त हैन ? यस्तो छ खास कुरा (भिडियो सहित)
सुवास संकल्प, ईटहरी । यहि भदौ ३० बाट प्रदर्शनमा आउन लागेको फिल्म जोनी जेण्टलमेनको प्रचार प्रसार तिब्र गतिमा भई रहेको छ । यहि क्रममा फिल्मको मुख्य कलाकार पल साह, नायिका आचल शर्मा र निर्माता एण्ड्रिउ पौडेल आज आईतबार पुर्वको ईटहरी आएका थिए । पत्रकार भेटघाटमा फिल्मबारे जानकारी गराउदै आम दर्शकलाई आफ्नो फिल्म हेरिदिनहुन र नेपालि फिल्मलाई माया गर्दिनहुन निर्माता पौडेलले आग्रह गरेका छन् । फिल्मलाई नितिन चन्दले निर्देशन गरेका छन् । लभ स्टोरी समाबेश फिल्ममा पल र आचलको जोडीलाई मुख्य भूमिकामा देख्न सकिने छ । पलले यो भन्दा अगाडि “म यस्तो गीत गाउछु” मा पुजा शर्मा संग रोमान्स गरेका थिए भने अहिले आचल शर्मा, कतै उनलाई “शर्मा लक” लागेको त लागेको हैन ? आचल र पलले फिल्म लाईनमा “नाई न भन्नु ल-४” चलचित्र बाट एकसाथ डेब्यु गरेका हुन् । हेर्नुस “जोनी जेण्टलमेन” बारे पल आचल र निर्माता संग गरिएको कुराकानी :
https://youtu.be/claRoCpMxpY


