नेपाल आइडलका ३ प्रतिष्प्रधीहरु यसरी गर्जिए टुडिखेलमा, हेर्नुहोस् लाईभ कन्सर्टमा जे देखियो
काठमाडौं, भदौ ३१ । नेपाल आइडलको फाइनलमा पुगेका तीन जना प्रतिस्पर्धीले शनिबार काठमाडौंका दर्शकलाई नचाएका छन् । काठमाडौंको टुँडिखेलमा आयोजित ‘पर्फमिङ लाइभ’ कन्सर्टमा बुद्ध लामा, प्रताप दास र निशान भट्टराईको प्रस्तुतिमा दर्शक झुमेका थिए ।
टुँडिखेलमा आफूलाई मन पर्ने प्रतिष्पर्धीलाई जिताउँ लेखिएका ब्यानरसहित प्रशंसक हुटिङ गरिरहेका थिए । विभिन्न कार्यक्रमहरुका बिच अन्तिममा नेपाल आइडलका फाइनलिस्टको प्रस्तुति थियो ।
साधना कला केन्द्र, म्युजिक एशोसियसन अफ् नेपाल र वेल डान्स स्कुलको संयुक्त आयोजनामा भएको कन्सर्टमा पहिलो प्रस्तुति दिएका थिए प्रताप दासले ।प्रतापले ‘यस्तो पो हुनुपर्छ मेरी गर्लफ्रेन्ड’, ‘मोटरसाइकलमा’, ‘बाँझो खेतमा’ प्रस्तुति दिँदा उनलाई नाचेर हौसला बढाइरहेका थिए ।
त्यस्तै अर्का प्रतिस्पर्धी निशान भट्टराईले ‘तुलसी आँगनमा रोपौँला’, ‘जसो गर, जे गर जता सुकै लैजाउ मलाई’ गीत गाइरहँदा दर्शक त नाचेकै थिए । मञ्चमा रहेका अन्य दुई प्रतिस्पर्धी बुद्ध लामा र प्रताप दास पनि नाचेका थिए । निशानले गीत गाइरहँदा बुद्ध र प्रताप मञ्चको चारैतर्फ घुमेर दर्शकलाई नचाइरहेका थिए । घरिघरी तीनै जना प्रतिस्पर्धी सेल्फी खिचिरहेका थिए ।
त्यसो त मञ्चभन्दा अगाडि रहेका नेपाल आइडलका फाइललिस्टहरुको पोस्टरसँग सेल्फी खिचाउनेहरुको पनि घुइँचो थियो । आफूलाई मन पर्ने प्रतिस्पर्धीको पोस्टरसँग दर्शकले तस्बिर खिचिरहेका थिए ।
निशान र प्रतापको प्रस्तुति सकिएपछि दर्शकलाई नचाउने पालो बाँकी थियो बुद्ध लामाको । कार्यक्रमकी उद्घोषिकाले बोलाउनुभन्दा पहिले नै दर्शकले बुद्धलाई बोलाएका थिए । बुद्ध लामाले ‘अरे क्यानाम, कान्छीलाई फकाउनै गाह्रो भो’, र ‘बिर्सेका छैनौँ हामी हाम्रो संस्कृति’ गाइरहँदा निशान र प्रतापले हौसला बढाइरहेका थिए । बुद्धले गीत गाइरहँदा प्रताप र निशानले दर्शकलाई नचाइरहेका थिए ।
विभिन्न चरणहरु पार गर्दैै नेपाल आइडलको फाइनलमा पुगेका बुद्ध, निशान र प्रतापमध्ये एकले नेपाल आइडलको उपाधि हात पारे पनि तीनै जना प्रतिस्पर्धीले दर्शकको माया उत्तिकै पाएका छन् । नेपाल आइडलको ग्रान्ड फिनाले आउँदो सेप्टेम्बर २२ मा कतारमा हुनेछ । फाइनमा नेपाल आइडलको टप १२ सम्म पुग्न सफल भएका सबै प्रतियोगीको सहभागिता रहने आयोजकले जनाएको छ ।
https://youtu.be/A9ltwD8wFIs


