धनकुटामा मृगौला तथा रक्तचाप परिक्षण कार्य सम्पन्न
धनकुटा खबर, १ असोज । धनकुटामा मृगौला तथा रक्तचाप परिक्षण कार्य सम्पन्न भएको छ । मधुमेही समाज नेपाल धनकुटाको आयोजनामा भएको कार्यक्रममा मृगौला तथा रक्त परिक्षणका साथै तौल परिक्षण गरिएको छ । ३० जना मधुमेहीसहित ३७ जनाको परिक्षण गरिएको छ ।
मृगौला तथा रक्त परिक्षणा ल्याव टेक्निसयन लिलानाथ मिश्रले गर्नुभएको छ । मधुमेही समाज नेपाल धनकुटाका अध्यक्ष रामवहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दसै,तिहार,छठ तथा उभौली पुर्वको शुभकामना आदान प्रदान गरिएको छ । सो अवसरमा मधुमेही समाज नेपाल धनकुटाका सल्लाहाकार ईन्द्रवहादुर श्रेष्ठ,कृष्णभागवत श्रेष्ठ र शंकर दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मृगौला तथा रक्त परिक्षणको अवसर पारेर मधुमेही समाज नेपाल धनकुटाका अध्यक्ष रामवहादुर श्रेष्ठले मृगौला रोग,मानव शरिरमा मृगौलाको काम,हुने समस्या र अपनाउनुपर्ने सावधानिहरुको वारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हरिप्रसाद घिमिरेले राख्नुभएको थियो भने सञ्चालन सचिव गोविन्दमान श्रेष्ठले गर्नुभएको थियो ।


