नेपाल आइडलको प्रथम उपाधी कसले हात पार्लान् ? – हेर्नुहोस् लाईभ (LIVE) भिडियो
नेपाली संगीत पारखीहरुले आज प्रथम नेपाल आइडल पाउदै छन् । एपिवान टेलिभिजनबाट सञ्चालन भईरहेको लोकप्रिय रियालिटी शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट आज एक जना नेपाल आइडल बन्नेछन् ।
विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा तीन जना प्रतिस्पर्धी छन् । मोरङका निशान भट्टराई, पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दास मध्ये दर्शकले दिएको भोटका आधारमा एक जना प्रतियोगी आज नेपाल आइडल बन्दै छन् । सेप्टेम्बर १४ देखि सुरु भएको भोटिङ आज बेलुकी पाँच बजेसम्म दर्शकले आफूले मन पराएका प्रतिस्पर्धीलाई भोट दिन पाउनेछन् ।
दर्शकको भोट नै निर्णायक भएकाले को नेपाल आइडल बन्छ भन्न गाह्रो छ । यद्यपी सामाजिक सञ्जालमा भने अड्कलबाजी गर्न थालिएको छ । सबै प्रतियोगीका प्रस्तुतिले दर्शक र निर्णायकको मन जित्न सफल भएको छ । अन्तर्राष्ट्रिय फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको ग्रान्ड फिनाले कतारको दोहामा रहेको एसियन टाउन एम्पिथियटरमा हुनेछ । आज बेलुका ९ः४५ बजेबाट नेपाल आइडलको ग्रान्ड फिनाले हेर्न सकिन्छ ।
फिनालेमा विशेष अतिथिको रुपमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि उपस्थिति रहनेछ । त्यस्तै, नेपाल आइडलको गाला राउन्डमा पुगेका १२ जना प्रतियोगीले समेत नेपाल आइडलको फाइनलमा प्रस्तुति दिनेछन् । यसैबिच प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।
https://youtu.be/103HtIVTPE0
https://youtu.be/103HtIVTPE0


