मलेसियामा मिङ्गमा शेर्पा मृत हुनु को कारण खुल्यो, पढ्नुहोस डाक्टरी रिपोर्ट सहित

मलेशिया । नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका बर्तमान अध्यक्ष, शेर्पा किदुग मलेसियाका पुर्व महा-सचिब,समाजसेवि तथा अनलाइन पत्रकार मिङ्ममा शेर्पाको मृत्युु भएको छ।

केही दिन देखि बिरामी अवस्थामा थल्ला परेर अस्पताल भर्ना भएका मृतक शेर्पाले यहाँका डाक्टरले दिएको औषधि सेवन गर्दै आइ रहेको र हिजो सम्म पनि अवस्था समान्य नै रहेकोले सधै झै नाइट ड्युटी गरेर बिहान लगभग ६:४५ बजे तिर रुम फर्किने तरखर गर्दा गर्दै भुइमा लडे पछि कम्पनीको क्लिनिकको डाक्टरले चेक जाच गर्दा मृत सकेको जानकारी दियो ,मृतकको साथी पिटि शेर्पा पिनासाले जानकारी गराउनु भयो,साथै उहाँको भनाइ अनुसार बिगत लामो समय देखि बिरामी पर्दा नि कम्पनीले उपचार नगराइ बेवास्ता गरेकोले यस्तो अप्रिय घटना घट्न पुगेको आरोप लगाउनु भयो।मृत्यु भए लगतै अस्पताल लगेर शवको पोष्ट्मार्टम गरिएको हो ,पोस्ट्मार्टमको रिपोर्ट अनुसार छातिमा कोरनरि आरटेरि डिजेस भन्ने छाती भित्र भएको रोगको कारणले शेर्पाको मृत्यु भएको डक्टरले जानकारी गराउनु भयो।

बिगत तीन बर्ष देखि बैधानिक रुपमै मलेसियाको साहलाम भन्ने ठाउँमा जेटि आइ भन्ने चुरोट बन्ने कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत हुनु हुन्थ्यो।भने आफ्नो दैनिक कामकाज(ड्युटी) बाहेक सफल समाजसेवी र अनलाइन न्युज पोर्ट्ल वर्ल्ड शेर्पा न्युजको संस्थापकको रुपमा काम गर्दै पत्रकारितामा पनि सक्रिय हुनु हुन्थ्यो।

साथै कम्पनीले मृतकको आफन्तलाई उपलब्ध गराउने जिवन बिमा(insurance)को प्रक्रिया पनि अगाडि बढाइ सकेको जानकारी गराउनु भयो। – थारु अनलाईनबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।