क्रिस्चियन एकनाथ ढकालले आमाको अन्त्येष्टि हिन्दु परम्पराअनुसार गरे
नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकाल थोरै सांसद भएर पटक–पटक मन्त्री बन्ने नेतामा पर्छन् । उनले क्रिस्चियन धर्म अंगालेका छन् । सोही धर्मका कारण उनको विदेशमा धेरै ठूलो पहुँच छ ।

नेपालका ठूल्ठूला कम्युनिस्ट नेतालाई उनले क्रिस्चियन मेसिनरीअन्तर्गत विदेश सयर गराउने, धेरै ठूला मानपदवी दिलाउने गरेका छन् । केही कांग्रेसका सांसदलाई समेत उनले क्रिस्चियन मेसिनरीअन्तर्गत विदेश घुमाउने गरेका छन् ।
आफू क्रिस्चियन भएर धेरैलाई सो धर्म अंगाल्न लगाएका ढकालले आमाको काजकिरिया भने हिन्दु परम्पराअनुसार गरेका छन् । ढकालकी ८२ वर्षीया आमा टंककुमारी ढकालको शनिबार निधन भएको हो ।
उनी चितवनको कालिका नगरपालिका–६ खोलेसिमलमा बस्दै आएकी थिइन् । लामो समयदेखि दमको रोगले ग्रसित ढकाल असोज १६ गतेदेखि पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना भएकी थिइन् । उनको पार्थिव शरिरलाई शनिबार पवित्र तिर्थस्थल देवघाटधाममा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको थियो ।

– मिडिया एन पी ।


