रेखा थापाको ‘रुद्रप्रीया’ हल रिलिज संगै टिभिमा पनि (भिडियो सहित)

नेपाली सिने नगरिमा पछिल्लो समय फिल्महरुले निकै राम्रो व्यापार गरे संगै वाहवाही बटुली रहेको छ । यस बर्ष त झन सिक्येल अर्थात नामको पछाडी २ झुण्ड्याईएका फिल्महरुले राम्रो सफलता पाउन सफल भयो । यता प्रतिक्षित बनेको चलचित्र “रुद्रप्रीया” हल रिलिज संगै टिभिमा पनि हेर्न पाईने भएको छ । डिसहोम संगको सहकार्यमा रुद्रप्रीया कार्तिक २ लक्ष्मीपूजाको दिनदेखि डिशहोमको च्यानल नं १०८ मा हल रिलिज संगै हेर्न सकिनेछ । टिभीमा रुद्रप्रीया हेर्ने तरिका सहितको भिडियो यस्तो छ :

https://youtu.be/AFhvTyCr_Ho

फिल्म विहान ८ बजे, दिउँसो १ बजे र बेलुकी ७ बजे प्रसारण गरिदैछ । यसरी फिल्म हेर्न भने निशुल्क पाईने छैन । कार्तिक २ गतेबाट देशभरका हलहरुमा एकसाथ रिलिज हुने तरखरमा रहेको फिल्ममा रेखा थापा र आर्यन सिग्देलले ८ बर्ष पछि एकै फिल्ममा रोमान्स गर्दैछन । मुख्य भुमिकामा अभिनय गरेका आर्यनलाई रेखाले नै फिल्मलाईनमा प्रबेश गराएकी हुन भने बिचमा दुबैको बोलचाल बन्द भएको थियो । रेखा फिल्म्सबाट फिल्मलाई सरस्वती थापा र रमेश एमके पोख्रेलले निर्माण गरेका हुन भने सुदिप बबि भुसालले निर्देशन गरेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।