सिरहामा एमाले नेताको घाँटी रेटेर हत्या !

सिरहा, २४ असोज । सिरहामा एमालेका स्थाानीय नेताको गएराति हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ वर्षीय शशिभूषण साहको हत्या भएको हो । घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले बताए ।

काठको दुई तल्ले घरको भुइँतल्ला कोठामा साह र माथिल्लो कोठामा घरका अन्य सदस्यहरु सुतेका थिए । कर्जन्हा नगरपालिका १० मा एमालेको तर्फबाट वडा सदस्य उम्मेवार बनेर पराजित साहको सोमबार मध्यरातमा हत्या भएको स्थानीय एमाले नेता जगदिश महतोले जानकारी दिए । उनले भने, ‘घटना स्थल हेर्दा मुर्छित हुने अवस्था छ । पुरै घर रक्ताम्मे बनेको छ ।’

सिरहाका प्रहरी प्रमुख तथा एसपी कोइरालाका अनुसार अज्ञात समूहले धारिलो हतियार प्रहार गरी घाँटी रेटेर उनको हत्या गरेका छन् । हत्या कसले र किन गरेको भन्ने विषयमा अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । तर घटनाबारे अनुसन्धान थालेको र अपराधिको खोजी भइरहेको उनले बताए । हत्या गरिएका साहको शव अहिले पोष्टमार्टमका लागि लहान लगिएको छ । – काठमाण्डूटुडे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।