डा.बाबुराम भट्टराईलाई आर्थिक संकट !, चुनावका लागि सञ्जालबाटै यसरी थाले ‘चन्दा अभियान’!

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले आगामी संसदीय निर्वाचनमा लड्न सामाजिक सञ्जालबाटै आर्थिक संकलन अभियान थालेका छन् । एकाएक बाम गठबन्धनमा सहभागी भई गठबन्धनबाट बाहिरिएका डा.बाबुराम भट्टराईले समाजिक सञ्जालबाटै आर्थिक अभियान थालेका हुन् ।

आफ्नो गृहजिल्ला गोरखा क्षेत्र नम्बर २ नपाएपछि एमाले र माओवादीको गठबन्धन छाडेर नेपाली कांग्रेसको गठबन्धनसँग सामेल भएका थिए । गोरखा क्षेत्र नम्बर १ मा कांग्रेसलाई छाडेर २ नम्बरबाट मंसिर १० गते हुन लागेको प्रनिधिनिसभा निर्वाचनका लागि उम्मेदवार घोषणा गरेका डा. भट्टराईले आर्थिक सहयोग गर्न आह्वान गरेका छन् ।

‘मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईलाई आर्थिक सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं ।’– बाबुरामको सचिवालयले जारी गरेको अपिलमा भनिएको छ ।

भट्टराईलाई आर्थिक सहयोग गर्न ग्लोबल आईएमई बैंकको खाता नम्बर र स्विफ्ट कोडसमेत दिइएको छ । आर्थिक सहयागका लागि गरिएको उक्त अपिलमा ‘म अपारदर्शी लगानी हैन, तपाईहरुको खुला स्वेच्छिक सहयोग चाहन्छु’ भनी बाबुरामले ब्यक्त गरेको उद्धरणसमेत उल्लेख गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖