‘सरकार छाड्ने पत्र’मा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा…

मतपत्रको सम्बन्धमा सर्वोच्चको आदेशले ‘चिसो’ पसेको भन्दै वाम गठबन्धन एमाले र माओवादी केन्द्रले कुनै बहानामा पनि चुनाव सार्न नहुने भन्दै खबरदारी गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने र जनतामा अन्योल र संशय उत्पन्न हुने कुनै पनि किसिमको काम÷कुरा नगर्न खबरदारी गरेका छन् ।

चुनावमा संशय भएर सरकार छाडेनौं : दाहाल

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष दाहालले अदालतबाट निर्वाचनप्रति संशय देखिएका कारण आफ्नो दलले सरकार नछाडेको दाबी गरे । ‘सरकार छाड्ने भन्ने पत्रमा म हस्ताक्षर गर्न खोज्दै थिएँ । निर्वाचन आयोगबाट खबर आयो अदालतबाट निर्वाचनप्रति संशय हुँदै छ भन्ने । त्यही भएर हामीले सरकार नछाडेको हो’, दाहालले भने ।

बिनाविभागीय पछि माओवादी केन्द्रका मन्त्रीहरूलाई एउटै कोठामा बस्न अप्ठ्यारो होला नि भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा दाहालले भने, ‘देशलाई अप्ठ्यारो नहोस् भनेर हाम्रा मन्त्री एकै कोठामा बस्न गाह्रो छैन ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।