धनकुटा अस्पतालमा अब ५ वटा अपरेशन सेवा शुरु

धनकुटा खबर । नयां मेडिकल सुपरिटेन्डेन (अधिकृत) डाक्टरको आगमन संगै धनकुटा अस्पतालमा अब ५ वटा अपरेशन सेवा शुरु भएको छ ।

गएको बिहिबार अस्पतालले एक अपरेशन सहित अन्य ४ महिलाहरुको सफल प्रशुती गराएपछि अस्पतालले शुक्रबार उक्त अपरेशन सेवाहरुको बारेमा जानकारी दिएको छ ।

अस्पताल बिकास समितिका अध्यक्ष सुनिलमान ढंगोलले छथर जोरपाटी गाउँपालिका वडा नं. ४ की देवी लिम्बुले अपरेसनबाट बच्चा जन्माउन सफल भएको जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा नै अपरेशन हुने भएपछि अहिले धनकुटा अस्पतालका सुत्केरी वाड समेत भरिभराउ रहेको छ ।

जिल्ला मा नै अपरेशन हुने भएपछि हजारौ रुपैया बचत हुनको साथै बिभिन्न कठिनाईहरुबाट मुक्त भएको सेवाग्राही हरुले बताएका छन् ।

धनकुटा अस्पतालमा अब हर्निया, हाईड्रोसिल, ट्युमर, एपेन्डिसाईट, गोलीगाठ्ठा लगायतको अपरेसन हुनेछ ।

अपरेसनको लागि जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको टिम निर्माण गर्ने कार्य भएको डाक्टर फडिन्द्र बरालले जानकारी दिनुभयो ।

धनकुटा अस्पतालमा संचालन भएको यो सेवाले धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभाका विरामीलाई सेवा पुग्नेछ ।

एक मेडिकल सुपरिटेन्डेन र दुई एम बि.बि.एस.डाक्टरहरुको दरबन्दी भएको धनकुटा अस्पतालमा मेडिकल सुपरिटेन्डेन आएपछि बेला–बेलामा अपरेशन सेवा सुचारु हुने गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।