बागलुङमा छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै

बागलुङ, २२ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।

पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिइरहनुभएको छ । पाठकले १४ हजार ९१२ मत प्राप्त गर्नुभएको छ भने खड्काले ९ हजार ८७० मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा पनि वाम गठबन्धनका उम्मदेवार नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले काँग्रेसका नीरज पुनलाई पछि पार्दै शुरुदेखि नै अग्रता लिइरहनुभएको छ ।

पौडेलले १० हजार ७४९ मत प्राप्त गर्नुभएको छ भने पुनले ८ हजार ५५३ मत लिनुभएको छ । प्रदेशसभातर्फका चारवटै क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।