‘मेहनत गरे स्वदेशमै मनग्य कमाउन सकिन्छ’

पोखरा, ६ फागुन । मेहनत गरे स्वदेशमै मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण कास्कीको लेखनाथ नगरपालिका–१७ खैरेनीका नीलकण्ठ पौडेलले गाईपालन व्यवसायबाट देखाइदिनुभएको छ ।

उहाँले दूध बेचेर मासिक रु एक लाख आम्दानी गर्नुभएको छ । खैरेनी कृषि फार्म दर्ता गरी विगत सात वर्षदेखि सो व्यवसायमा लाग्नुभएका पौडेलले दैनिक ११० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । उत्पादन गरेको दूध पोखराको सुजन डेरीले खरिद गर्ने गरेको छ ।

पौडेलले हाल १३ वटा उन्नत जातका गाई पाल्नुभएको छ । गाईपालन व्यवसायबाटै उहाँले जमिन खरिद गरी रु २० लाखको लागतमा घर बनाउनुभएको छ । “मेहनत गरे आफ्नै देशमा मनग्य कमाउन सकिँदोरहेछ,” उहाँले भन्नुभयो ।

पौडेल भन्नुहुन्छ– “एकपटक भर्ती हुन्छु भनेर भारतको गोरखपुर गएको थिएँ, बाबुआमा बिरामी भएपछि फर्केर आएँ, त्यसपछि विदेश जाने सोच कहिल्यै गरिनँ ।” छोटो समयमा राम्रो प्रगति गर्नुभएका पौडेलले अहिले घाँसका लागि १२ रोपनी जमिन भाडामा लिनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।