मलेसियामा आफ्नै दाजुभाई लुट्ने नेपाली गिरोह पक्राउ, प्रतिव्यक्ति कति पैसा उठाउँथे ?

काठमाडौं, ६ फागुन । नेपाली भएर नेपालीहरुलाई नै जबरजस्ती पैसा असुली र डकैतीमा संलग्न नेपालीहरुको एउटा गिरोह मलेसियामा पक्राउ परेको छ । मलेसिया प्रहरीले पक्राउ गरेका ११ जनामध्ये दुई जना महिला पनि सहभागी छन् ।

मलेसियाको सेबेराङ पेराइ तेन्गाहका प्रहरी प्रमुख एसीपी निक रोस अजहान निक अब्दुल हामिदले २२ वर्षदेखि ३६ वर्ष उमेर समूहका आरोपीहरुलाई बुधबार जुरु र तामान पेरविराबाट पक्राउ गरिएको जानकारी दिए ।

उनीहरु त्यहाँ संकलित रुपैयाँ लिनका लागि पुगेका थिए । प्राप्त सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो । ‘पेनाङ योङ स्टार ग्याङ’ को नामले परिचित सक्रिय गिरोहले एक वर्ष देखि आफ्नै देशका नेपाली साथीहरुबाट रुकम उठाउँदै आएका थिए । उनीहरुले मासिक प्रतिव्यक्रि २५ रिङ्गेटका दरले ‘सुरक्षा शुल्क’ असुल गर्दै आएको अनुसन्धानबाट खुलेको छ । गिरोहका व्यक्तिहरु थुप्रै अपराधिक क्रियाकलापमा पनि संलग्न भएको खुलेको बताए ।

उनीहरुले समूहको मानिसलाई पहिचान गर्नका लागि शरीरमा साझा टाटु पनि बनाएका थिए । प्रहरीले उनीहरुबाट खुकुरी, नेपाली झण्डा, व्वाँसोको टाउको भएको मुर्ति, सांगीतिक उपकरण लगायत बरामद गरेको छ । उनीहरुसंग यात्राको वैध कागजात पनि नभएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।