यस्तो छ बिभिन्न धर्मानुसार मयुर प्वाँखको महत्व…

धनकुटा खबर, मयुरको प्वाँख घरमा राख्नाले बिभिन्न किरा घरमा नआउने साथै खराब आत्मा नजिक नआउने भएकाले मंगल मिल्छ भन्ने मान्यता राखिन्छ । वास्तु शास्त्रका अनुसार मयुरको प्वाँख घरमा राख्नाले अनेक प्रकारका बास्तुदोष भाग्दछन यसले सकरात्मक उर्जालाई आफूतिर आकर्षित गर्दछ ।
मयुर सरस्वती देवीको पनि बाहन भएकाले बिद्यार्थीहरु आफ्नो किताबको बीच पाना-पानामा राख्ने गर्दछन ।
बिभिन्न धर्मानुसार मयुरको प्वाँखको छोटकरी महत्वः
हिन्दु धर्मः
हिन्दु धर्मानुसार मयुरलाई धनकी देवी लक्ष्मीको साथ देखाईन्छ यसको अर्थ लक्ष्मी, सौभाग्य, खुशी, विनम्रता, लगाब र धैर्यको प्रतिक मानिन्छ । यसर्थ यीनै बिशेषता जान्न, बुझ्न र प्राप्त गर्नको लागि मयुरको प्वाँख प्रयोग गरिन्छ ।
बौद्द धर्मः
बौद्द धर्मानुसार जब मयुर आफ्नो पुच्छर फैलाएर आफ्नो सारा प्वाँख खोलिदिन्छ तब यसमा खुल्लापन झल्किन्छ अर्थात बिचारमा कमी नहुने, ब्याक्तिको दिलमा सबैको लागि प्रेम भाव हुने मान्यता राखिन्छ ।
ईसाई धर्मः
ईसाई धर्ममा मयुरको प्वाँख अमरता, पुनर्जीवन तथा आध्यात्मिक शिक्षासँग सम्बन्ध राख्दछ । ईस्लाम धर्ममा मयुरको सुन्दर पखेटा वा प्वाँख स्वर्गको ढोका बाहिरको अद्रुत शाही बगैचाको प्रतिक मानिन्छ ।


