स्ववियु निर्वाचनको विषयलाई लिएर कालिकोटमा विद्यार्थी प्यानलबीच झडप, चार घाइते, प्रहरीद्वारा अश्रुग्यास प्रहार

कालिकोट, फागुन १६ । स्ववियु निर्वाचनको विषयलाई लिएर अनेरास्ववियु , नेविसंघ र अखिल क्रान्तिकारी,राप्रविसको विद्यार्थी प्यानलबीच झडप हुँदा चार जना विद्यार्थी घाइते भएका छन ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य लक्ष्मण वमको ढुङ्गा प्राहरवाट मान्म गाविस ५ निवासी अनेरास्वीयुका १६ वर्षीय मदन सिंह,थिर्पू गाविस ५ का १७ वर्षीय मन्दिरराज रोकाया,दाहाँ गाविस ३ का १७ वर्षीय नविन शाही घाइते भएका छन्, नेपाल आजमा खबर छ ।

घाइतेहरुमध्ये मदन सिंह र मन्दिराजको अवस्था गम्भीर रहेको छ । घाइते सिहको जिल्ला अस्पताल कालिकोटमा र अन्यको आविस्कार मेडिकलमा भइरहेको छ ।

माओवादी केन्द्र निकट शिक्षक संगठनका जिल्ला अध्यक्षलाई नेविसङ्घ र अनेरास्वीयुका कार्यकर्ताले फागुन १६ गते मोसो दलेका थिए । शिक्षक संठनका अध्यक्षलाई मोसो दलेपछि अक्रोसित भएका माओवादी केन्द्रका कार्यकर्ताहरुले नेविसंघ अनेरास्वीयुको जुलसमा ढुङ्गा प्रहार गरेपछि झडप भएको थियो ।

झडपपछि जिल्लाको अवस्था तनावग्रस्त भएपछि प्रहरीले अश्रुग्यास प्रहार गनु परेको प्रहरी प्रमुख डिएस्पी योगेन्द्र खड्काले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।