कोरियामा नेपाली कामदारको माग बढ्यो, १० हजार कामदार लैजाने

फागुन–१६ । कोरिया सरकारले आगामी वर्षका लागि १० हजार २ सय नेपाली कामदार लैजाने भएको छ । रोजगार अनुमति प्रणाली अन्तर्गत सन् २०१७ मा ३ हजार १ सय कामदार लिएको कोरियाले यस वर्ष नेपाली कामदारको कोटा बढाएको हो ।

नेपाली पक्षले आउँदो चैतमा आवेदन र जेठमा परीक्षा सञ्चालनका लागि कोरियाको मानव संशाधन बोर्डलाई गरेको प्रस्ताव स्वीकृत गरेको छ । परीक्षाको लागि आवदेन चैत ९ गते देखि १८ गते सम्म खुल्ला हुनेछ । आवदेन अनलाइनबाटै भर्न सकिने छ ।

परीक्षा जेठ २८ र २९ गते हुने छ । इपिएस कोरिया शाखाका अनुसार कोरियाले कोटाबाट ६ हजार २ सय कृषि र ४ हजार औद्योगिक क्षेत्रमा लाने भएको हो । त्यस्तै यस वर्षका लागि अहिले सम्म २ हजार लेवर कन्ट्रयाक आएको नेपाल आजमा समाचार छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।