पर्यटन प्रवद्र्धन संगै धनकुटामा होटलको संख्या बढ्यो
धनकुटा खबर, फागुन २१ । जिल्लाभित्र रहेका पर्यटकीयस्थलहरुको प्रवद्र्धन र धनकुटा भएर अन्य जिल्ला जाने पर्यटनको प्रचार भई पर्यटन आवागमन बढ्न थालेपछि धनकुटामा होटल व्यवसाय खुल्ने क्रम बढेको छ ।
बिशेष गरेर अहिले धनकुटा सदरमुकामको बजार क्षेत्र,धनकको ब्यापारीक केन्द्र हिले बजार र पर्यटकीय नगरी भेडेटारका बिभिन्न स्थानमा पर्यटकहरुलाई लक्षित गरेर बार्षिक दर्जनौ होटल तथा लजहरु सञ्चालनमा आउने क्रम बढेको हो ।
बिगत बर्षहरुमा गुम्बा,हिले म्यू,मकालु भ्यू लगाएतका केहि सामान्य होटलहरु मात्र सन्चालनमा आएपनि गएको बर्ष देखि टुरिजम,लेकाली,गुम्बा,हिले भ्यू,ककालु,निगाले लगाएतका दर्जनौ सुबिधा सम्पन्न होटलहरु सन्चालनमा छन् ।

पर्यटकहरुको आगम र उनीहरुको माग संगै यस बर्ष मात्र धनकुटाको हिले सुबिधा सम्पन्न गजुर,निगाले र बजारमा तीन तारे होटल सरह सुबिधा भएको २० करोड लगानी भएको होराईजन रिसोर्ट आएको छ ।
धनकुटा भएर भोजपुर,संखुवासभा र ताप्लेजुङ्ग जिल्लामा रहेको अन्नपूर्ण,कन्चनजंघा,मकालु,गणेश हिमाल लगाएतका स्थानहरुमा जाने पर्यटकहरुको आगमन संगै यहाँका लगानीकर्ताहरु होटल व्यवसायमा आकर्षित हुन थालेको होटल एसोशिएसन अफ धनकुटाका अध्यक्ष खगेन्द्र बिष्टले जानकारी दिए ।
उनले भने–‘भेडेटार र पूर्वी हिमाली क्षेत्रमा जाने आगनतुकहरुको माग पूर्ति संगै धनकुटा सदरमुकाम,भेडेटार र हिलेमा सुबिधा सम्पन्न होटलहरु पपिने क्रम बढेको हो ।’
त्यस्तै पहिला धनकुटा सदरमुकाम बजारमा सञ्चालनमा सुरभी, लालीगुराँस, अञ्जुली, गुडबील, दियालो, परिचय,सितल निवास लगाएतका होटलहरुले सेवा दिंदै आएपनि गएको २–३ बर्षको अन्तरालमा तीन दर्जन भन्दा बढी होटलहरु सञ्चालनमा आएका छन् ।
यो बर्ष मात्र बिराटनगरबाट धनकुटा हुंदै उत्तरी जिल्लामा जाने पर्यटकहरुलाई सेवा दिने उदेश्यले होटल प्यासिफिक थ्री बिराटनगरले धनकुटामा ५० लाख लगानीमा आफ्नो शाखा बिस्तार गरेको छ भने मुचुङ्गा ईन्टरनेशनल प्रालिले अर्को एक सुबिधा सम्पन्न मुचुङ्गा होटल सन्चलनमा ल्याउने अनितम तयारीमा छ ।
उता धनकुटाकै चर्चित पर्यटकीयस्थलमध्येको भेडेटारमा पनि नयाँ होटल खुल्ने क्रम संगैं गाउँहरु क्रमश शहरमा परिणत हुने क्रम बढेको छ ।
तराईका जिल्लाहरुको मुख्य गन्तव्य मानिने भेडेटारमा पर्यटकको संख्या बाक्लिँदै जाने क्रम संगै भेडेटारमा बार्षिक दर्जनौ होटलहरु निर्माण हुन थालेका होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष लिलाराज लावतीले जानकारी दिए ।
लावतीले भने– ‘पर्यटकहरुले भेडेटार देखि राजारानी सम्मको टुर प्याकेजमा आएर बस्नथालेपछि होटलको संख्या पनि बढ्न थालेको हो ।’
गत बर्ष आधा दर्जन होटल थपिएको भेडेटार र नाम्जेमा यो बर्ष पनि सोहि अनुपातमा सबिधा सम्पन्न होटलहरु सन्चालन आउने तयारीमा रहेको लावतीले जानकारी दिए ।
लावतीका अनुसार पहिले–पहिले ५० जनासम्म पर्यटक बास बस्न आउँदा सुत्ने कोठाको अभाव हुने भेडेटारमा अहिले २ सय भन्दा बढीलाई सजिलै सुत्ने कोठाको व्यवस्था गर्न कुनै समस्या छैन ।
सुविधायुक्त होटलहरु बनेकाले विराटनगर, इटहरी र धरानमा सञ्चालन गर्नुपर्ने गोष्ठी, सेमिनार र तालिमहरु मेडेटारमा हुन थालेपछि कार्यक्रमका लागि एक हप्ता अगाडि बुकिङ नगरे ठाउँ पाउन मुस्किल रहेको एशोसियसन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले राईको भनाई छ ।
भेडेटारमा पर्यटकहरुको आकर्षको कारण उक्त स्थानमा सन्चालित करिव ८ दर्जन होटलहरुले दैनिक सरदर १० लाख बराबरको आर्थिक कारोबार गरिरहेको होटल भेडेटार भ्यूका सन्चालक समेत रहेका राईको भनाई छ ।
हाल भनकुटाका स्थानिय निकायमा दर्ता भएर सन्चालनमा आउने होटलहरुको संख्या एक हजार भन्दा बढी रहेपनि घरेलु तथा साना उद्योग बिकास समितिमा दर्ता भएर चल्ने होटलहरुको संख्या ९७ पुगेको कार्यालयको तथ्यांक छ ।

