५५ बर्ष पछि धनकुटाबाट ८ अमिलो जात सिफारिस, नेपालका ५८ जिल्ला लाभाम्बित हुने, चालु आवमा १ करोड ५ लाख खर्च गरिंदै

धनकुटा खबर, फागुन २८ । सरकारी बेवास्ताले तोकीएको प्राबिधिकहरुको दरबन्दी नहुंदा राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटाले ५५ बर्ष पछि मात्र ८ वटा अमिलो जात फलफुल खेतीको सिफारिस गर्ने चरणमा रहेको छ ।

सम्पूर्ण अमिलो जात माथि अनुसन्धान,प्रबिधि बिकास र किसानका लागि फलफलको जात सिफारिस गर्न २०१८ सालमा ४ सय रोपनी क्षेत्रफलमा स्थापना भएको कार्यक्रमका लागि आवश्यक अधिकांश महत्वपूर्ण पदहरु रिक्त भएकाले अनुसनधान प्रभावित भएको हो ।

२१ प्राबिधिक बैज्ञानिकको टोली सहित ४३ दरबन्दीमा हुनुपर्नेमा हाल १९ बैज्ञानिक प्राबिधिक सहित ६ कर्मचारीको दरबन्दी रिक्त रहेकोले अनुसनधानले सोचेजस्तो उपलब्धी गर्न नसकेको हो ।

स्थापना काल देखि १ सय २० अमिलो जातको अनुसन्धान गरिरहेको कार्यक्रमका लागि हाल २ जना बैज्ञानिक सहित १८ जनाले मात्र अनुसन्धानको काम गर्नुपरेकोले अनुसन्धानमा सोचेजस्तो उपलब्धि नभएको कार्यालयका संयोजक धनबहादुर घर्ती मगरले जानकारी दिए ।

‘दक्ष जनशक्ति र बैज्ञानिकहरुको अभावमा पाँच दशक सम्ममा हुनुपर्ने काम हुनसकेको छैन ।’उनले भने,‘यद्यपी अनुसन्धान पछिको सिफारिसले नेपालको अमिलो जात हुने ५४ जिल्लामा खेती गर्न सहयोग पुग्नेछ ।’

रिक्त दरबन्दीका बापजुद २०७१ सालमा तराईका लागि सुन कागती १ र सुन कागती २ सिफारिस गरेको अनुसन्धानले पछिल्लो समय १० बर्षको परिक्षण पछि थप ६ अमिलो जातको सिफारिस गर्ने अन्तिम तयारीमा रहेको घर्तीले जानकारी दिए ।

२०६२ सालबाट २९ सुन्तला,२८ जुनार,२१ जातको कागतीकोे अनुसन्धान गर्दै आएको कार्यक्रमले मध्ये पहाडी क्षेत्रका लागी तीन सुन्तला र एक कामगती सहित २ जुनार जातको आगामी बर्ष देखि खेतीका लागि सिफारिस गरिने कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले समुद्री सतहबाट १ हजार मिटर भन्दा माथी र १ हजार ४ सय मिटर भन्दा तलको हावापानीमा खेती गर्न मिल्ने स्थानिय खोकू जात,जापानी उन्सुका जातका दुई जात सुन्तला,तह्रथुमे लोकल कागती र भ्यालेन्सिया लेट र वासिङ्गटन मेवल जातको जुनार रहेका छन् ।

अनुसन्धानको लागि १ करोड ५ लाख ५५ हजार बिनियोजन गरिएको कार्यक्रमको चालु आर्थिक बर्षको कुल बजेट २ करोड ६६ लाख ३५ हजार रहेको कार्यालयले जानकारी दिएको छ ।


तस्वीर : कार्यक्रमले अनुसन्धानका लागि लगाएकासुन्तला र जुनारका बिरुवा देखाउँदै धनबहादुर घर्ती मगर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।