चोटमा परेका व्यक्तिले भगवानलाई त सराप्छ, सरकार र रास्वपा के हो ? :सभापति रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शोक र पीडाको अवस्थामा नागरिकबाट राज्यप्रति व्यक्त हुने आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै लामिछानेले नागरिकको आक्रोशलाई प्रहारका रूपमा नलिन राज्य संयन्त्र र पार्टी पंक्तिलाई आग्रह गरे ।

उनले आशा निराशामा परिणत हुँदा उत्पन्न हुने आक्रोश नागरिकको स्वाभाविक अधिकार भएको बताए । गहिरो पीडा र अप्रत्याशित शोकमा रहेका नागरिकले आफ्नै विश्वासमाथि प्रश्न उठाउने अवस्था आउने भन्दै उनले राज्य र राजनीतिक दलप्रति आक्रोश व्यक्त हुनु अस्वाभाविक नभएको बताए ।

‘जब मानिस गहिरो चोटमा पर्छ, उसले अप्रत्याशित शोक भोग्छ । उसले भगवानलाई त सराप्छ भने यो सरकार के हो ? रास्वपा के हो ?’ लामिछानेले भने ।

नागरिकले व्यक्त गरेको आक्रोशलाई आफूहरूमाथिको आक्रमणका रूपमा बुझ्न नहुने उनको भनाइ छ । बरु त्यसलाई नागरिकको अपेक्षा र संकटका बेला राज्यसँग गरिएको अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने उनले बताए ।

‘नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामीप्रतिको अपेक्षा र राज्य गुहार्ने अन्तिम चित्कारको रूपमा बुझ्नुपर्छ,’ उनले भने ।

लामिछानेले नागरिकको पीडा र आक्रोश सुन्ने, सहने तथा उनीहरूको आँसु पुछ्ने क्षमता नै राज्यसत्ताको वास्तविक परीक्षा भएको बताए ।

‘त्यो आक्रोश सुन्ने, सहने र उनीहरूको आँशु पुछ्ने फराकिलो छाती नै आजको साँचो राज्यसत्ता हो,’ उनले भने ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।