धरानमा खतरनाक दुर्घटना: यात्रुबाहक बसको ठक्करबाट कार पूर्ण रुपमा क्षति, चालकसहित दुईजना सवार घाइते

धरान, चैत्र ४ । कोशी लोकमार्ग अन्तर्गत धरानको विश्वकर्मा मन्दिर भन्दा केही मुन्तिर शुक्रबार साँझ पौने ६ बजेतिर गम्भीर प्रकृतिको दुर्घटना भएको छ ।

दुर्घटनामा यात्रुबाहक बसको ठक्करबाट कार पूर्ण रुपमा क्षति पुगेको छ भने तीनजना घाइते भएका छन् । इटहरीबाट धरान तर्फ आउँदै गरेको को १ ख २१४४ नम्बरको यात्रुबाहक बसले तिब्र गतिका कारण धरानबाट जाँदै गरेको बा १३ च ७५०३ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

ठक्करका क्रममा कारको एयर ब्यागका कारण चालकसहित दुईजना सवार घाइते बनेका हुन् । एयर व्यागका कारण गम्भीर प्रकृतिको क्षति हुनबाट बचेको प्रहरीले बताएको छ ।

घाइते हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका–१ का चालक २९ वर्षीय प्रकाश गिरी, काठमाडौं गोदावरी नगरपालिका–४ का २४ वर्षीय सिर्जन सिलवाल र हेटौडा भीमफेदी–७ का २९ वर्षीय प्रकाश गिरी रहेका छन् । बाहिरी चोट नदेखिए पनि भित्री चोट हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रहरी जवान धनबहादुर बस्नेतले बताए ।

घाइते भएकाहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रज बस्नेतले बताए । कार आफ्नै लेनमा गइरहेको र ओभरटेक गर्ने क्रममा यात्रुबाहक बसले ठक्कर दिएको उनले बताए । घटना विश्वकर्मा मन्दिर भन्दा डेढसय मिटर तल भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।