‘धनकुटा यस कारण राजधानी हुँदैन’ बिषयक समाचार लेख्ने पत्रकारले माफी नमागे पत्रिका बहिष्कार गर्ने चेतावनी ! (बिज्ञप्तीसहित)
पत्रकारले माफी नमागे पत्रिका बहिष्कार
धनकुटा खबर, १३ चैत । सुनसरीको धरानबाट प्रकाशित एक दैनिक पत्रिकाले आफ्नो जिल्ला बिरुद्ध समाचार प्र्काशन गरेको भन्दै धनकुटा बजार ब्यबस्थापन समितिले उक्त पत्रिकाको प्रकाशन बहिष्कार गर्ने चेतावनी दिएको छ ।
सुनसरीका एक पत्रकारले आफ्नो लेख मार्फत आफू कार्यरत पत्रिकामा ‘धनकुटा यस कारण राजधानी हुंदैन’भन्ने शिर्षमा लेख प्रकाशन गरेपछि समितिले बिज्ञप्ती निकालेर यस्तो बिरोध जनाएको हो ।
समितिका अध्यक्ष विप्लब क्षेष्ठद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा भनिएको छ,‘उक्त लेख भ्रमाक र कपोकल्पित भएकोले धनकुटेली जनताको सम्मानमा ठेस पुगेको छ ।’
बिज्ञप्ती मार्फत् लेखक तथा पत्रकारले माफी नमागे सम्म उक्त पत्रिका बहिष्कार गर्ने समितिले जानकारी दिएको छ ।
धरानबाट प्रकाशित ब्लाष्ट दैनिकको १३ गते आईतबार प्रकाशित अंकमा उक्त पत्रिकामा कार्यरत धनबहादुर पुरीले लेखक भएर संघियताको राजधानी ईटहरी युपयुक्त हुने र धनकुटा नहुने भन्ने लेख लेखेका थिए ।
विज्ञप्तीः


