एक यस्तो पोको जसमा पाईन्छ बाह्र जिल्लाको स्वाद

काठमाडौँ, १५ चैत । के तपाईं कृषिको पोको खरिद गर्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने बाह्र जिल्लाको स्वाद एउटा पोकोभित्र पाउन सक्नुहुन्छ ।

नेपाल कृषि केन्द्रीय सहकारी सङ्घले रसुवाको आल, ताप्लेजुङको अदुवा, बर्दियाको तोरीको तेल, सिन्धुपाल्चोकको बास्मती चामल, झापाको कालो चिया, जुम्लाको फापरको पिठो, सिरहाको रहरको दाल, मकवानपुरको बोडी, मुस्ताङको सिमीको दाल, झापाको अकबरे अचार, रुपन्देहीको घ्यू र मकवानपुरको महलाई एउटा पोकोभित्र राखी बिक्री वितरणमा ल्याएको हो ।

एउटा पोकोको मूल्य रु दुई हजार तीन सय पर्छ । घरबाट पोको खरिद गर्न इच्छा हुनेका लागि सङ्घले अनलाइन सेवा सुरु गरेको छ । www.kisankopoko.wordpress.com वेबसाइडमार्फत पनि ग्राहकले उक्त सेवा प्राप्त गर्न सक्छन् ।

सङ्घको एकमात्र खुल्ला बिक्री कक्ष ललितपुरमा छ । स्थानीय उत्पादनलाई प्रोत्साहन दिने र मौलिक बीउबिजनको जगेर्नामा मद्दत पु¥याउने अभिप्रायबाट किसानको पोको बिक्रीमा ल्याइएको संस्थाका अध्यक्ष खेम पाठकले जानकारी दिनुभयो ।

कृषिलाई व्यवसायीकरण गर्न स्थानीय उत्पादनलाई जोगाउनुपर्ने अहिलेको बाध्यतालाई थोरै भए पनि कृषिको पोको बिक्री वितरणले राहत पुगेको राष्ट्र बैंकका पूर्वगभर्नर डा युवराज खतिवडा बताउनुहुन्छ ।

नेपालको मौलिक उत्पादन लोपोन्मुख हुने अवस्थामा पुगेका, युवा वैदेशिक रोजगारमा पलायन भएको र कृषिबाट केही गर्न सकिन्न भन्ने निराशावादी सोचलाई बदल्ने र स्थानीयस्तरमा खेर जाने अन्य खाद्य वस्तुको संरक्षण एवम् प्राङ्गारिक उत्पादनलाई बल पु¥याउन किसानको पोकोको बिक्री वितरणले थप बल पुग्ने विश्वास गरिएको छ ।

सङ्घले दोस्रो चरणमा बेसार, मुरली मकै, जुम्ली मार्सी धान, कोदो, जुनेलो, सिलम, राजमा, चना, आलस, टाटेसिमी, मालबोक केरा, मस्याङ, कोइरालो, रहर, खेसरी, मुसुरोलगायत स्थानीय जातलाई बिक्री वितरणमा ल्याउने जनाएको छ ।

पछिल्लोपटक नेपालमा भित्रिएका बहुर्राष्ट्रिय कम्पनीका बीउबिजनले नेपालको मौलिक स्वादलाई विस्थापित गरेको छ । स्थानीय प्रजातिका खाद्यान्नबाली लोपोन्मुख हुन थालेको अवस्थामा ती जातका उत्पादनलाई बिक्री वितरणमा ल्याउँदा स्थानीय बीउबिजनको संरक्षण हुने कृषि सचिव डा सुरज पोखरेल बताउनुहुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।