इलामकी कविता विगत छ महिनादेखि थाइल्यान्डको बैङ्कक जेलमा

इलाम । इलाम बरबोटे–७ की कविता आचार्य विगत छ महिनादेखि थाइल्यान्डको बैङ्कक जेलमा छिन् । आचार्यसँगै लाहाचोक–३ कास्कीका दीपक अधिकारी पनि अहिले बैङ्कक जेलमै छन् । क्यानाडाको नक्कली भिसा भएको आरोपमा थाई प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

क्यानाडाको नक्कली भिसा लागेको राहदानीसँगै होटलबाटै थाई प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थाई प्रहरीले १२ जनवरीमा थाई क्रिमिनल कोर्टमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको छ । आचार्य र अधिकारीले भने आफूहरू निर्दोष भएको बताएका छन् । अहिले अदालतमा मुद्दा चलिरहेकाले अदालतको आदेशअनुसार उनीहरूलाई जेलमा राखिएको छ । वकिलको परामर्श लिँदा उनीहरूलाई धरौटीमा छुटाउन दुईलाख ५० हजार थाई भ्याट धरौटी तिर्नुपर्ने बताएको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

योसँगै वकिल राखेर उनीहरूको पक्षमा बहस र उनीहरूलाई भेटेर बहस नोट लेख्नका लागि कम्तीमा एक पटकको पाँच हजार थाई भ्याट लाग्ने र धरौटीमा छुटाउनका लागि कम्तीमा छ पटक भेट्नुपर्ने भएकाले उनीहरूलाई छुटाउन ठूलो रकम चाहिने बताइएको छ । धन कमाउनका लागि विदेश जान खोजिरहेकी आचार्यलाई दलालले क्यानाडा पठाई दिने प्रलोभन देखाए । क्यानाडा जस्तो मुलुकमा जान पाउने भएपछि सरसापट गरेर भएपनि आचार्यले विदेश जाने निधो गरिन् । दलालले थाइल्यान्ड हुँदै क्यानाडा पठाइदिने भनेपछि अधिकारीसँगै असोजको अन्तिम हप्ता आचार्य थाइल्यान्ड हुँदै क्यानाडा हिँड्ने तयारी थियो ।

त्यहाँ दलालले क्यानाडाको भिसा लगाएर राहदानी दिएपछि होटलमै थाई प्रहरीले पक्राउ गरेको आचार्यका आफन्तले जानकारी गराएका छन् । पक्राउ परेपछि सम्पर्क नभएकाले दलाल को हो भन्ने कुरा थाहा भइनसकेको परिवारले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।