सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

वीरगन्ज, १६ चैत । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमा क्षेत्रसँग जोडिएका मध्य तराईका विभिन्न नाकामा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

आउँदो वैशाख ३१ गते हुने स्थानीय तहकोे निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि मध्य तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले उच्च सुरक्षा व्यवस्था अपनाएको हो ।

त्यस क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सशस्त्र प्रहरीले व्यापक रुपमा गस्ती, चेकजाँच र पेट्रोलिङ गर्ने काम सुरु गरिएको मध्यमाञ्चलका सशस्त्र प्रहरी नायब महानीरिक्षक नरेन्द्रकुमार सिंहले राससलाई भन्नुभयो ।

‘सरकारले घोषणा गरेको वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि मध्यमाञ्चलका १६ जिल्लाका सशस्त्र प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ, उहाँले भन्नुभयो – ‘सशस्त्र प्रहरीका युनिटलाई चनाखो भएर स्थानीय निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन निर्देशनसमेत दिएको छु ।’

नायब महानीरिक्षक सिंहले निर्वाचन शान्तिपूर्ण बनाउने सवालमा धेरै चुनौती रहे पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सीमावर्ती क्षेत्रमा कुनै पनि आपराधिक गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको बताउनुभयो ।

यस्तै सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्सा, बाराका सशस्त्र प्रहरी उपरीक्षकद्वय रवीन्द्रकुमार ठाकुर र कुमार न्यौपानेले स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखी सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग सहकार्य गरी संयुक्त गस्ती सुरु गरेको बताउनुभयो ।

निर्वाचनको समयमा सीमावर्ती क्षेत्रमा हुन सक्ने आपराधिक घटनाप्रति सशस्त्र प्रहरी अहिलेदेखि उच्च सतर्कता अपनाएको र नेपाल–भारतबीचको खुला सीमाले निर्वाचनमा पार्ने प्रभाव मूल्याङ्कन गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था बढाइएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।