जनकपुरको एक पसलमा दिउँसै लुटपाट

धनुषा, १६ चैत । जनकपुरको व्यस्त शिव चोकस्थित एक पसलमा दिउँसै डकैती भएको छ ।

जनकपुर उपमहानगरपालिका वडा नं २ स्थित जनकपुर उद्योग वाणिज्य सङ्घको अगाडिपट्टि रहेको बिएन इम्पोरियममा दिउँसो १ बजे डकैती भएको हो । दुई जनाको समूहमा आएको युवाले बिएन इम्पोरियमका सञ्चालक विनोदप्रसाद गुप्तालाई कुटपिट गर्दै रु एक लाख ४९ हजार लुटेर लगेको दाबी गरेका छन् । कुटपिटबाट सञ्चालक गुप्तालाई गाला तथा हातमा चोट लागेको छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले सोही घटनाको आरोपमा प्रहरीले घटनास्थलबाटै दुई जनालाई पक्राउ गरेको तर चोरीको घटना नभई दुई पक्षबीचको विवादमा कुटपिट भएको दाबी गर्नुभयो ।

घटनास्थलबाट सीमावर्ती क्षेत्र जयनगरका अशोक गुप्ता र सत्यनारायण गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।