९ वर्षीया बालिका बलात्कार गर्ने २० वर्षीय विकासलाई १४ वर्ष कैद

ताप्लेजुङ, १८ चैत । नौवर्षीया बालिकालाई गत फागुनमा बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक पुरुषलाई जिल्ला अदालत ताप्लेजुङले आज १४ वर्षको कैदको फैसला गरेको छ ।

याङ्वरक गाउँपालिकास्थित थुम्बेदिनका २० वर्षीय विकास विश्वकर्मालाई जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले सो फैसला गरेको हो ।

विश्वकर्माको जायजेथा केही नदेखिएकाले रु ७५ हजार पीडितलाई क्षतिपूर्ति भराउनसमेत आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार गोपाल थापाले जानकारी दिनभयो ।

त्यस्तै पीडित बालिकाको आर्थिक अवस्थासमेत नाजुक रहेकाले शिक्षादीक्षाका लागि जिल्ला बालकल्याण समितिलाई व्यवस्था गर्न आदेश दिइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।