‘स्थानीय तहको निर्वाचनले सङ्घीयता खतरामा’

दमक, १९ चैत । सरकारले सङ्घीयतालाई नै खतरामा राखेर स्थानीय तहको निर्वाचन गर्न लागेको सङ्घीय गठबन्धन नेपालले आरोप लगाएको छ ।

गठबन्धनले आज दमकमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गठबन्धनका नेताहरुले पहिचानवादीलाई छाडेर गरिने चुनावले सङ्घीयतालाई संस्थागत गर्न नसक्ने आरोप लगाएका हुन् ।

विरोधसभामा सहभागी वक्ताले संविधान संशोधन गरे आफूहरु पनि चुनावकै पक्षमा रहेको स्पष्ट पारे ।

तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले सरकारले केन्द्र र प्रदेशको निर्वाचन नगरी स्थानीय तहको निर्वाचन गर्न खोजेर सङ्घीयतालाई खतरामा पार्न लागेको आरोप लगाउनुभयो । उहाँले पहिचानसहितको अधिकार सुनिश्चित नभएसम्म संविधानलाई स्वीकार्न नसकिने उहाँको भनाइ थियो । गठबन्धनको मागलाई सरकारले सम्बोधन गरे मात्र निर्वाचनको वातावरण बन्ने यादवले बताउनुभयो ।

राष्ट्रिय मधेस समाजवादीका अध्यक्ष शरतसिंह भण्डारीले अहिलेको संविधानले भूगोल–भूगोलबीच लडाई सिर्जना गरेको आरोप लगाउनुभयो । सभामा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले संविधान संशोधन नगरे कुनै पनि हालतमा निर्वाचन हुन नदिने बताउनुभयो । सभालाई सङ्घीय समाजवादी फोरमका उपाध्यक्ष रकम चेम्जोङ, सचिव पर्शुराम बस्नेत, आदिवासी जनजाति महासङ्घका महासचिव नित्यानन्द ताजपुरियालगायतले सम्बोधन गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖