स्थानीय तहमा पुग्न एमाले नेतालाई जिम्मेवारी

काठमाडौँ, २२ चैत । नेकपा (एमाले) को ‘स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति’को प्रथम बैठकले सबै केन्द्रीय सदस्य, केन्द्रीय निकाय, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, जनसङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्य एवम् सांसदलाई यही चैत मसान्तसम्म सम्बन्धित भूगोलमा पुगेर निर्वाचन अभियानमा सहभागी हुन जिम्मेवारी दिएको छ ।

सोमबारको स्थायी कमिटीको बैठकबाट महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित सो समितिले वैशाख ३१ गते निर्धारित स्थानीय तह निर्वाचनमा पार्टीको विजयलाई सुनिश्चित गर्न सो आह्वान गरेको हो ।

बैठकले निर्वाचन आयोगलगायत निकायसँग समन्वय गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङको संयोजकत्वमा रघुजी पन्त, राजेन्द्र पाण्डे, अग्नि खरेल र भानुभक्त ढकाल रहेको उपसमिति गठन गरेको छ । सुरक्षा निकायलगायत प्रशासनसँग समन्वयका लागि महासचिव पोखरेलको संयोजकत्वमा प्रदीप ज्ञवाली र कृष्णगोपाल श्रेष्ठ रहेको उपसमिति गठन गरिएको छ । प्रचार संयोजनको जिम्मा प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई दिइएको छ ।

त्यस्तै, प्रदेशमा निर्वाचनको तयारीका काम सम्बन्धमा जानकारी लिन र समन्वय गर्न क्रमशः भानुभक्त ढकाल, वंशीधर मिश्र, रघुजी पन्त, बेदुराम भुसाल, रामकुमारी झाँक्री, छविलाल विश्वकर्मा र अग्नि खरेललाई जिम्मा दिइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।