लाखौ ऋण गरेर मलेसिया पुगेका तेह्रथुमका हेम मलेसियन प्रहरीको कब्जामा
११ दिन बितिसक्दा पनि अबस्था सार्बजनिक नहुँदा परिवार चिन्तित

धनकुटा खबर/ तेह्रथुम, २४ चैत । साहुबाट ऋण गरेर मलेसिया पुगेका तेह्रथुमका हेम प्रसाद लिम्बु ( पाक्साँवा) मलेसिया प्रहरीको कब्जामा ११ दिन बिती सक्दा पनि उनको अबश्थाको बारे सार्बजानिक नहुँदा परिवार चिन्तित बन्दै गएको छ ।
२ बर्ष पहिले साहुबाट लाखौ ऋण गरेर मलेसिया पुगेका तेह्रथुम छथर हमरजुङ ४ का लिम्बु ११ दिन पहिले रुमबाटै ९ जना साथीहरु सँगै मलेसियन ईमाईग्रेसन प्रहरीले पक्राउ गरेको मलेसियाबाट उनका साथीहरुले परिवारलाई जानकारी गराए सँगै परिवार चिन्तीत बनेको छ । लिम्बुलाई पक्राउ गरेसँगै प्रहरीले रिहा गर्ने आशामा ११ दिन बिती सक्दा पनि कुनै जानकारी परिवारले नपाउँदा झनै चिन्तित बन्दै गएको उनको आमा लिलामाया लिम्बुले बताउनु भयो । उनका साथीहरुको जानकारी अनुसार हल्ला गरेको आरोपमा लिम्बु सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । लिम्बु पक्राउ परेसँगै उनका परिवारले मलेसियामा रहेका उनका साथीहरुलाई आफ्नो भाईलाई छुटाउनका लागी सहयोग गर्न सबै सँगै दाजु प्रकाश पाक्साँवाले आग्रह गर्दै आउनु भएको छ ।
उनलाई आफ्नै मामाको माईला छोरा सुदिप लिम्बुले रोजगारको लागि २ बर्ष पहिले मलेसिया पुर्याएको उनको परिवारले बताएका छन् । २१ बर्षिया लिम्बुको परिवार आर्थिक अबश्था कम्जोर हुनकै कारण परिवारको सुखका लागी मलेसिया पुगेको २ बर्ष नपुग्दै सामान्य आरोपमा मलेसियन प्रहरीको फन्दामा परेका थिए । उनका २ बर्षका छोरी सँगै आमा बुबा २ दिदी १ बैनी दाजु र श्रीमती रहेका छन । भुकम्पले क्षतबिक्षत भएको घर सँगै साहुको ऋणले थिचिएको लिम्बु प्रहरीको कब्जामा परे सँगै परिवार यतिबेला लिम्बुलाई नेपाल पठाउनको लागी बिभीन्न महानुभाबहरु सँग आग्रह गरी रहेका छन । मलेसिया स्थीत जोहोर क्षेत्रको एक कम्पनीमा काम गर्दे आएका लिम्बुको कम्पनीले उनलाई उकास्न चासो नदेखाए सँगै परिवार दिन प्रतिदिन चिन्तीत बन्दै गएका छन । नेपाली दुताबासमा निबेदनको लागी मलेसियामा रहेका उनका साथीहरुलाई आग्रह उनका परिवारले गरी रहेका छन ।
आर्थिक कम्जोर कै कारणले राम्रो अध्यायन गर्न नपाएका लिम्बु रोजगारको सिलसिलमा उनका मामाको छोरा सुदिपले राम्रो पैसा कमाउने कुरा गरे सँगै मलेसिया पुगेका थिए । लिम्बु पक्राउ परे सँगै मलेसियामा नै रहेका उनका जेठा भेना दिपेन्द्र श्रेष्ठ र उनका साथी पुर्ण तुम्बापो उनको अबश्था बुझ्न जोहोर स्थीत प्रहरीचौकीमा पुग्दा लिम्बुलाई भेट्न बिन्ती गर्दा पनि भेट्न नदिएको उनका भेना श्रेष्ठले फोन मार्फत जानकारी दिनु भयो ।
कम्पनीमा सम्पर्क गर्दा आज निकाल्छु भोली निकाल्छु भन्दै झुलाई रहेको तर निकाल्नका लागी कुनै चासो नदेखाएको उनका साथीहरुले बताएका छन ।
लिम्बु सँगै ९ जना नेपाली यतीबेला मलेसिया प्रहरीचौकीमा रहेको भए पनि उनीहरुलाई उकास्न केही पहल नभएकोले लिम्बुलाई सहयोग गरी उकास्न सबैमा आग्रह गर्नु भएको छ ।


