वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका धनकुटाका युवा एक हप्तादेखि वेपत्ता

धनकुटा, एक हप्ता अघि घरबाट हिँडेका धनकुटाका एक युवा वेपत्ता भएका छन् । साविक चानुवा ४ का ३५ वर्षिया मनकिशोर बुुढाथोकी वेपत्ता भएका हुन् ।

गत कार्तिक १८ गते वैदेशिक रोजगारीका लागि उनि कतार गएका थिए । करिव दुुइ हप्ता अगाडी २ महिनाका लागि स्वदेश फर्किएका उनि चैत्र १९ गते शनिवार श्रीमती हिरालाई आफुु आएको काम बनेन, कतारको टिकट सार्छु भन्दै काठमाण्डौ जान हिँडेका थिए ।

तर शनिवार वेलुका फोन गर्द विराटनगर छु भनेका बुुढाथोकीले आइतवार साँझ फोन गरेर आत्तिँदै अलग फोन नम्बरबाट फोन गर्दै यसमा तुरुन्त फोन गर्नु भनेको श्रीमती हिराले बताइन ।

अप्ठ्यारो अवस्थामा रहेको जस्तो लाग्ने गरि आत्तिएको स्वरमा फोन गरेर मलाई फोन गर भन्नुुभयो । हिराले भनिन्, तर तुुरुन्तै फोन गर्दा त्यो मोवाइल स्वीच अफ भयो । वहाँको मोवाइल पनि अफ नै छ । कतैबाट कुनै खबर आएको छैन ।

मनकिशोरको परिवारको स्थानिय चानुवा प्रहरी चौकी खोजीका लागि निवेदन दिएको छ । तर प्रहरीले प्रभावकारी ढंगले खोजी गर्न पहल नगरेको भन्दै गुनासो गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।