धनकुटाका भुकम्प पीडितलाई अनुदान रकम वितरण थालियो

धनकुटा खबर, चैत २७ । धनकुटाका भुकम्प पिडितहरुलाई घर निर्माणका लागि पहिलो चरणको अनुदान रकम बितरण गरिने भएको छ ।
नेपालको १७ जिल्लामा दोस्रो चरणको अनुदान वितरण कार्यक्रम अन्तर्गत धनकुटामा धनकुटा नगरपालिकाका ४ सय २६ पिडितहरुलाई अनुदान उपलब्ध गराउन लागेको हो ।

नगरपालिकाले आईतबार एक कार्यक्रमको आयोजना गरेर ४ किस्तामा प्रति घर ३ लाख रुपैया उपलब्ध गराउन पिडितहरु संग सम्झौता शुरु गरेको छ ।
कार्यक्रममा कार्यकारी अधिकृत तिर्थ प्रसाद धितालले प्राबिधिकको मूल्यांकङ्कनका अधारमा पहिलो किस्ता ५० हजार दोस्रो १ लाख ५० हजार,तेस्रो ७५ हजार र घरमा सोलार राखेपछि अन्तिम किस्ता २५ हजार उपलब्ध गराउने जानकारी दिनुभयो ।
पहिलो चरण अन्तर्गत घर निर्माणका लागि राष्ट्रिय बाणिज्य बैंक मार्फत् १२ करोड ७८ लाख रुपैंया निकासा गरिने धितालले जानकारी दिनुभयो ।
कार्यक्रममा संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका प्रतिनीधि देवनारायण यादवले दुई घर मध्ये एक घर नभत्किएको ब्यक्तिको भुलवश पिडितमा नाम आएपनि त्यस्ता ब्यक्तिले रकम नपाउने जानकारी दिनुभयो ।
कतिपय ब्यक्तिको एक घर नभत्किएको सूचना आएकोले त्यस्ता ब्यक्तिले ढाँटेर रकम लिएको खण्डमा निजलाई कारवाही र रकम फर्ता गरिने प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रतिले सचेत गराउनुभएको छ ।
कार्यक्रमका अध्यक्ष तथा स्थानिय बिकास अधिकारी पर्व प्रसाद साप्कोटाले पहिलो चरणको राहतका लागि मन्त्रालयले २ करोड निकासी दिएको जानकारी दिनुभयो ।
२०७२ बैसाख १२ को भुकम्पमा परेर धनकुटाबाट सिफारिस गरिएका ४ हजार ४ सय ९२ जना मध्ये दोस्रो चरण गरेर २ हजार ४ सय पिडितहरुको नाम स्वीकत भएर आएको जिल्ला समन्वयन समितिले जानकारी दिएको छ ।

तस्वीर: सम्झौता कार्यक्रममा र पिडितलाई सम्झौता हरुतान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती


