खाना पकाउने ग्यास चुहिएर आगलागी

मध्यपुर थिमि नगरपालिका वडा नं.३ चारदोबाटोस्थित रामगोपाल श्रेष्ठको घरमा आइतबार राति ग्यास चुहावट हुँदा भएको आगलागी । सो घटनामा मानवीय क्षति भने भएको छैन । तस्बिर: रत्न श्रेष्ठ, रासस

भक्तपुर, २७ चैत । मध्यपुर थिमि नगरपालिका–१४ चारदोबाटोस्थित रामगोपाल श्रेष्ठको घरमा आज राति आगलागी भएको छ । राति खाना पकाउने ग्यास चुहिएर भएको आगलागीमा घरको दोस्रो तल्ला पूर्णरुपमा जलेको छ ।

श्रेष्ठले भाडामा दिएको घरको दोश्रो तलामा भएको आगलागीबाट भान्छाका सामानहरु, लत्ताकपडा, अन्नलगायतका सामग्री जलेका छन् ।

स्थानीय बासिन्दा, प्रहरी र भक्तपुरबाट आएको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगोलागीको क्षतिको पूर्ण विवरण भोलि मात्रै आउने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।