बालिका बलात्कार अभियोगमा दुईजनालाई जेल सजाय

गाईघाट (उदयपुर), २८ चैत । बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उदयपुर जिल्लाको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई आइतबार जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र रु ५० हजार जरिबानाको फैसला गरेको छ ।

यस्तै बालिका बलात्कार गरेको अभियोगमा नै उदयपुरकै मैनामैनी–९ का २३ वर्षीय बोलमान राई पनि आइतबार नै जिल्ला अदालत उदयपुरले आठ वर्षको जेलसजाय र रु १५ हजार दण्डजरिवाना गर्ने फैसला गरेको छ ।

पुर्पक्षका लागि थुनामा राखेर बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त राई र पाठकलाई जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजालासले जेल सजाय र दण्डजरिवानाको फैसला गरेको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार ऋतबहादुर मगरले बताउनुभयो ।

यस्तै राईलाई जिल्ला अदालत उदयपुरका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले आठ वर्ष जेलसजाय र रु १५ हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरले बताएको छ । पाठकलाई गत साउन १५ गते स्थानीय एक छिमेकी १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो भने राईलाई गत पुस २२ गते स्थानीय एक ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।