तस्बिर खिच्ने क्रममा एक विदेशी नागरिकको मृत्यु

विराटनगर, २८ चैत । तस्बिर खिच्ने क्रममा आज बिहान सोलुखम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

स्वीट्जरल्यान्डका ७२ वर्षीय ज्याक्युसन एरिक मोर्जाएरको मृत्यु भएको इलाका प्रहरी लुक्लालाई उद्धत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला आधारभूत विद्यालयमा अभिभावक दिवस तथा परीक्षाफल कार्यक्रममा सहभागी हुनुभएका थिए ।

सो अवसरमा तस्बिर खिच्ने क्रममा अचानक लडेपछि उहाँलाई टाउकोमा चोट लागेको थियो । गम्भीर अवस्थामा उहाँलाई पासाङल्हामु निकी अस्पताल लुक्लामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त विद्यालयको उहाँ सहयोगी दातासमेत हुनुहुन्थ्यो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।