बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रत्ननगर (चितवन), २९ चैत । चितवनको रत्ननगरस्थित खगेरी पुलमा आज अपराह्न बोलेरोको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको बा१०च ४६०० नंको बोलेरोले सोही दिशातर्फ जाँदै गरेको ना३८प १२२९ नंको मोटरसाइकल र बा८१प ४०५६ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

रत्ननगर नगरपालिका–९ स्थित खगेरी पुलमा आज अपराह्न ४:३० बजेको समयमा भएको उक्त दुर्घटनामा परी ना३८प १२२९ नंको मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको छ । उनको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

अर्काे बा८१प ४०५६ नंको मोटरसाइकलका चालकसमेत गम्भीर घाइते भएकाले उनलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । बोलेरो नियन्त्रणमा भए पनि चालक भने फरार भएकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।